आयो तिहार

आयो तिहार, उपकार अनलाइन।

मनभरी पिर छ आयो तिहार ।
फुटेको तक्दिर छ आयो तिहार ।।

लालबाला साहुको ऋण सम्झी ।
यो मन अस्थिर छ आयो तिहार ।।

म पसिना बगाउँछु बनेर गुलामी ।
यहाँ झुकेको शिर छ आयो तिहार ।।

समाजको रितिरिवाज आफन्तको ।
मान्नै पर्ने जन्जिर छ आयो तिहार ।।

हुने खाने रमाउछन भएर हासी खुसी ।
मलाई भने तारेभिर छ आयो तिहार ।।

श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गा,पा ८ बल्लेखोला प्यूठान
हाल कार्यरत भारत

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation