बाणगङ्गा १ मा क्षयरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम

उपकार अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगङ्गा १ मा क्षयरोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा क्षयरोग मुक्त नेपाल अभियान घोषणा कार्यक्रम अन्तरगत समुदाय स्तरमा क्षयरोग स्कृनिक क्याम्प संचालन को लागि बाणगङ्गा १ मा मंगलवार कार्यक्रम समपन्न र्भको हो ।

वडाको आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थित दलित सेवा समाजको भवनमा सम्पन्न कार्यक्रममा वार्ड नं. १ का वडा अध्यक्ष सन्जु कुमार सारु को अध्यक्षतामा वडा सचिब गोबिन्द प्रसाद आचार्य, वडा सद्स्य, राजकुमार थारु, लक्ष्मी बहादुर खत्री ,सीता सुनार, वडाका एघारवटै टोल बिकासका अध्यक्ष तथा प्रतिनिधि ,वडाका सबै स्वास्थ्य स्वयंसेबिका, सामुदायिक बिध्यालयका प्रधानध्यापक तथा प्रतिनिधि ,स्वास्थ्य सेवाकेन्द्र उत्तमनगरका कर्मचारी ,किशोर किशोरी तथा संचारकर्मिहरुको उपस्तिथि मा कार्यक्रम भएको थियो ।

उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्रकी कार्यलय प्रमुख इस्वरा खरेलले क्षयरोग सम्बन्धि बिबिध कुरा उल्लेख गर्दै कार्यक्रम को संचालन गर्नु भएको थियो। कार्यक्रममा नगर स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेल प्रमुख बक्ता को रुपमा हुनुहुन्थ्यो भने प्रोजेक्टरको माध्यम बाट समेत उक्त कार्यक्रममा क्षयरोग सम्बन्धि दृश्यअवलोकन गराइएको थियो। पहिलो चरण मा आउंदो मंसिर को दोस्रो हप्तामा निशुल्क रुपमा उक्त स्कृनिक क्याम्प उत्तमनगर स्वास्थ सेवा केन्द्र्कै परिसरमा गरिने र सो क्याम्प मा हरेक टोल बाट खोकी,दम लगायतका बिरामिहरुलाइ जानकारी गराइ जांच गराएर अधिकतम लाभ लिन वडाका सबै जनप्रतिनिधि,टोल बिकास अध्यक्ष ,स्वास्थ्य स्वयंसेबिका तथा वडाका सवै नागरीकलाई जानकारीका लागि स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले आग्रह गर्नुभएको थियो।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation