टी–२० विश्व कपको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दै

काठमाण्डौ । आईसीसी टी–२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल दिउँसो पौने २ बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ ।

न्युजिल्यान्ड समूह १ को समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो भने पाकिस्तान अरूको नजितामा भर पर्दै अनि अन्तिम खेलमा बङ्गलादेशलाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।

टी–२० र एकदिवसीय विश्व कपका सेमिफाइनल खेलमा न्युजिल्यान्डले अहिलेसम्म पाकिस्तानलाई हराउन सकेको छैन । पाकिस्तानले यसअघि सन् २००९ मा टी–२० विश्व कपको उपाधि जितेको थियो । न्युजिल्याण्डले अहिलेसम्म उपाधि जितेको छैन ।

दोस्रो सेमिफाइनलमा भोली बिहीवार भारत र इङ्ग्ल्यान्डले खेल्नेछन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation