पाकिस्तानमा तालिबान समूहबाट युद्धविराम भङ्ग

एजेन्सी ।  पाकिस्तानको तालिबान समूहले गएको जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । युद्धविराम भङ्ग गरेको तालिबान समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ ।

सरकारले सम्झौता पालना नगरेको तालिबानको आरोप रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरूविरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले त्यसका विरुद्ध प्रत्याक्रमण आवश्यक रहेको भन्दै युद्ध विराम अन्त्य गरेको तालिबानले विज्ञप्तिमार्फत् जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation