मंसिर २० देखि बाणगंगामा दोस्रो नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता हुँदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा दोस्रो नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाणगंगा नगरपालिकाको आयोजनामा मंसिर २० गतेदेखि प्रतियोगिता सञ्चालन हुने आज एक सुचना मार्फता नगरपालिकाले जनाएको छ ।

सुचनामा ईच्छुक महिला खेलाडीहरुले आगामि मंसिर १८ गते दिउसो ४ बजेसम्म नगरको महिला तथा बालबालिका शाखामा टिम दर्ता गराउन सकिने जनाएको छ । खेलाडीहरु स्वयम् दुईजनाको टिम बनेर आउनुपर्ने सुचनामा जनाइएको छ ।

खेलमा प्रथम हुनेलाई सात हजार, द्वितीय हुनेलाई ५ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना हुने खेलाडीलाई ३ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

May be an image of ticket stub and text

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation