सैनामैनामा जारी भलिवल प्रतियोगितामा भोलीबाट क्वाटर फाइनलका खेल

उपकार अनलाईन, सैनामैना ।
रुपन्देहीको सैनामैना–६ स्थित कलौनीमा जारी स्वः ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा भोलीबाट क्वाटर फाइनलका खेल हुने आयोजकले जनाएको छ । विहिवार कास्की संग सोझो सेटमा पराजित हुदै अर्घाखाँची प्रतियोगिताबाट बाहिरीयो यस्तै रुपन्देही संग सोझो सेटमा पराजित हुदै कपिलवस्तु पनि प्रतियोगिताबाट बाहिरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा अव आठ  टिम रहेका छन् । शुक्रवार पहिलो खेल रुपन्देही र गुल्मी, दोस्रो खेल नवलपरासी र नवलपुर, तेस्रो स्याङ्जा र पाल्पा अन्तीम तथा चौथो खेल बाग्लुङ र कास्कीका विच हुने खेल संयोजक विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । । भोली जित्ने टिम सेमिफाइनल प्रवेश गर्ने छन् भने हार्ने टिम प्रतियोगिताबाट बाहिरिने छ । खेल विहान ८ः३० वजेबाट सुरु हुने छ ।

स्थानीय दुधराक्ष युवाक्लको आयोजनामा जारी अन्तरजिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधि जित्ने बिजेताले नगद र.१ लाख ११ हजार १ सय ११ ट्रफि, प्रमाण, उप–बिजेताले नगद रु.७७ हजार ७ सय ७७ रुपैया, ट्रफि, प्रमाणपत्र, तृतिय टिमले नगद रु.४४ हजार ४ सय ४४ रुपैया, ट्रफि, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । त्यस्तै सान्त्वना टिमले नगद रु.२२ हजार २ सय २२ रुपैया, ट्रफि प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद ७ हजार ७ सय ७७ रुपैया तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपैयाबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष किरण पोख्रलेले जानकारी दिनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation