माण्डवीद्वारा आयोजित राष्ट्रव्यापि भलिबल प्रतियोगिता आज सकिँदै

प्युठान। प्युठानको माण्डवी गाउँपालिकाद्वारा आयोजित प्रथम अध्यक्षकप खेलकुद प्रतियोगिता अन्तर्गत रास्ट्रब्यापी अन्तर स्थानिय तह स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ।माण्डवी गाउँपालिका- ३,नयाँगाउँ मार्सिबाङ खेल मैदानमा हिजो देखि सुरु भएको प्रतियोगितामा १३ वटा भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन्।गाउँपालिका अध्यक्ष नमराज अधिकारी को अध्यक्ष रहेको उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियोे ।

प्रमुख अतिथि संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले खेलकुद रास्ट्रको गहना भएको बताउदै खेलकुद मार्फत रास्ट्रलाई परिचीत गराउन सकिने बताउनु भयो । कार्यक्रममा गाउपालिका अध्यक्ष नमराज अधिकारीले खेलाडिकाे जिवनमा अनुशासन महत्त्वपूर्ण रहेको बताउदै स्वास्थ र रास्ट्रको लागि खेलकुदको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा प्युठान नगरपालिका प्रमुख बिष्णु याेगि,स्वर्गद्वारी नगरपालिका प्रमुख टेक प्रसाद भण्डारी,जिल्ला समन्वय उपप्रमुख दुर्गा रेग्मी,नौबैहिनी गाउँपालिका अध्यक्ष डिलाराम थापा,मल्लरानी गाउँपालिका उपाध्यक्ष रमेश श्रेष्ठले खेलकुद प्रतियोगिताको सफलताको शुभकामना मन्तव्य दिनु भएको थियो।कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदै उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले खेल मैदानको विकास, पर्यटन प्रबर्द्धन सँगै विभिन्न स्थानीय तह सँग सुमधुर सम्बन्ध बिस्तारको लागि प्रथम अध्यक्ष कप अन्तर्गत राष्ट्रव्यापि स्थानीय तह स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्नु भयो।कार्यक्रममा जनप्रतिनिधि,राजनैतिकदल,समाजसेवी,पत्रकार,बुद्धिजीवी,कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेलले सञ्चालन गर्नु भएको खेलकुद प्रतियोगिता आज सकिदै छ। प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख,दोस्रो पुरस्कार एक लाख पच्चीस हजार र तेस्रो पुरस्कार पचहत्तर हजार रहेको छ । उद्घाटन कार्यक्रममा खेलाडी तथा विद्यार्थीहरुले मार्चपास गर्नुका साथै पालिकाका भित्रका विधालयका विद्यार्थीहरुले गित,संगीत र नृत्य समेत प्रस्तुत गरेका थिए

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation