सैनामैनामा जारी भलिबलको महासंग्राम, मैदानमा तराई र पहाडको भिडन्त

टिका खरेल, सैनामैना ।
सैनामैनामा जारी भलिबल प्रतियोगिता रोमान्चक बन्दै गएको छ । सैनामैनाको कलौनीमा जारी स्वः ढुण्डी थरुनी स्मृति कप भलिबल प्रतियोगितामा यति बेला रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायत अन्य जिल्लाका भलिबल प्रेमी दर्शक देख्न सकिन्छ । प्रतियोगिताले सबै बर्गको दर्शकको ध्यान तान्न सफल भएको छ । सैनामैनामा जारी भलिबल प्रतियोगितामा  खेलले दर्शकलाई मन्त्रमुक्त बनाउन सफल भएको छ । दर्शक खेल हेर्दै रमाएको देख्न सकिन्छ । अझ बेला बेला खेलमा आउने हुटिङ्ले खेल मैदान नै थर्कामान भएको छ । शनिबारको खेलमा दर्शकको घुईचो नै थियो । “ हामीले अपेक्षा गरे भन्दा धेरै खेल प्रेमी दर्शकहरुको उपस्थितीले हामी आफै आश्चर्यचकित भयौ ” खेल संयोजक बिष्णु पाण्डेले भन्नुभयो ।

शनिबार क्लौनी स्थित खेल मैदान साच्चै नै खचाखच थियो । यस क्षेत्रका जनप्रतिनिधि, समाजसेवी, बृद्धाबृद्धी, यूवाबर्ग, विद्यार्थी, बालबालिका, महिला लगायतको उपस्थितीले साच्चै नै क्लौनी बजार रमाएको थियो । शनिबार सम्पन्न दुई खेलमा उपस्थित दर्शकले करिब ४ घण्टाको समय कसरी बित्यो पत्तो नै नपाएका खेल हेर्न आएका दर्शकहरु बताउछन ।

शनिबार सम्पन्न सेमिफाईनल खेलमा नवलपुर र बाग्लुङ फाईनलमा प्रबेश गरेका छन । नवलपुरले गुल्मीलाई र बाग्लुङले स्याङजालाई पराजित गरी फाईनलमा प्रबेश गरेको हो । आईतबार हुने फाईनल खेलमा उपाधिका लागी नवलपुर र बाग्लुङ बिच भिडन्त हुदैछ भने तेस्रो स्थानका लागी गुल्मी र स्याङजाबिच भिडन्त हुने छ ।आईतबार हुने फाईनल खेल अझ रोमान्चक हुने पक्का पक्की भएको छ । आईतबारको खेलका लागी आफुहरु पुर्ण तयारीमा रहेको सहभागी खेलाडीहरुले बताएका छन । शनिबारको भन्दा पनि आईतबार हुने खेलमा अझ घमासान हुने आम दर्शकको अनुमान छ । तसर्थ आईबार सैनामैनाको क्लौनी बजार भलिबल खेलाडीहरुको खेलले पुर्ण रुपले तात्ने निश्चित छ ।

धेरै पछि सैनामैनामा भलिबल खेलको न्यास्रो मेटिएको उपस्थित एक दर्शकले बताएका थिए । सबै खेल प्रेमी सहयोगी संघ सस्थाको सहयोग र क्लबका साथीहरुको मेहेन्तले जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न सफल भएको आयोजक संस्थाका अध्यक्ष किरण पोख्रेलले बताउनु भयो । सैनामैनामा जारी भलिबल प्रतियोगिताले सैनामैना कै गरिमा उच्च बनाउन सफल भएको सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले बताउनु भयो । फाईनल खेल आईतबार बिहान ११ बजेबाट सुरु हुने आयोजक क्लबका सचिव पदम पाण्डेले जानकारी गराउनु भएको छ ।

उपाधि जित्ने बिजेताले नगद रू १ लाख ११ हजार १ सय ११ ट्रफी, प्रमाणपत्र, उप–बिजेताले नगद रु ७७ हजार ७ सय ७७ रुपैयाँ, ट्रफी, प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ४४ हजार ४ सय ४४ रुपैयाँ, ट्रफी, प्रमाणपत्र पाउने छन । त्यस्तै सान्त्वना हुने टिमले नगद रु २२ हजार २ सय २२ रुपैयाँ, ट्रफी प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीहरुले नगद ७ हजार ७ सय ७७ रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन ।

 

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation