सैनामैनाको रामापुर रिभाइभलले दियो गर्मी बिदा

उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर-८, मा रहेको रामापुर रिभाइभल इङ्लिस स्कुलले अत्याधिक गर्मी भएका कारण विद्यालय १९ गतेसम्मका लागि बन्द गरेको छ।

केहि दिन देखि रुपन्देही सहित देशैभरी गर्मि उच्च भएको र उच्च तापमानका कारण विद्यालयका विद्यार्थीहरूमा हुन सक्ने समस्यालाई मध्य नजर गर्दै २० गते आइतबारदेखि विद्यालय यथावत समयमा सञ्चालन हुने गरी विद्यालय वन्द गरेको विद्यालयले जनाएको छ । तर गर्मी यथावत र अझै बढेमा विद्यालय बन्द हुन सक्ने समेत जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला शर्माले जानकारी गराउनुभयो ।

 

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation