नेपाल शुटिङ संघको केन्द्रीय उपाध्यक्षमा कपिलवस्तुका रायमाझी चयन

कपिलवस्तु । नेपाल शुटिङ संघको केन्द्रीय उपाध्यक्षमा कपिलवस्तुका धुर्व रायमाझी चयन हुनुभएको छ । राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको शुटिङ संघको यहि असार १७ गते बसेको बैठकले रायमाझीलाई प्रथम उपाध्यक्षमा चयन गरेको हो ।

जसको अध्यक्षमा पुस्पादास श्रेष्ठ, बरिस्ठ उपाध्यक्षमा जेबि घिसिङ, प्रथम उपाध्यक्षमा रायमाझी सहित नरेन्द्र थापा, भगवति केसि, निराजन रेग्मि, उपाध्यक्षमा, महासचिवमा प्रदिप खाति, कोषध्यक्षमा सतिश श्रेष्ठ, सचिवमा रुपक तामाङ, अन्जु दवाडि, बर्दुदिन अनसारि, निर्मला थापा सशिकला सहित १४ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यक्रम खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङको प्रमुख आतिथ्यता, नेपाल ओलम्पिक कमिटिका सदस्य तथा प्रतिनिधि रमेश शिवाकोटिको विशिष्ट आतिथ्यता तथा संघका सदस्य, ५ प्रदेश, र २५ जिल्लाका प्रतिनिधिको उपस्थितीमा संघको केन्द्रीय कार्यालय ललितपुर सातदोबाटो स्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको हो ।

May be an image of 7 people, people studying, people smiling and text

May be an image of 8 people, dais and text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation