राष्ट्रिय भलिबल : एपीएफलाई हराउँदै महिलातर्फकाे उपाधि पुलिस क्लबले जित्यो

काठमाण्डाै । सातौं संस्करणको महिला तथा पुरुष एनभिए पिएम क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।आज भएको फाइनल खेलमा विभागीय डर्वीमा पुलिसले एपिएफ क्लबलाई  पराजित गर्दै उपाधि जितेको हो।

त्रिपुरेश्वरस्थित राखेपको कभर्ड भएको खेलमा पुलिसले एपिएफलाई  सेटमा पराजित गरेको हो। एपिएफविरुद्ध पुलिसले पहिलो सेट २५-१२ ले जित्दा  दोस्रो सेट २१-२५ ले गुमाएको थियो। त्यस्तै तेस्रो सेट पुलिसले २५-२३ ले जित्यो। त्यस्तै चौथो सेट २५-१९ ले जित्दै पुलिस च्याम्पियन बनेको हो । प्रतियोगितामा पुलिस अपराजित बन्दै च्याम्पियन बनेको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation