इटालीलाई हराउँदै स्विडेन फिफा महिला विश्व कप को नकआउट चरणमा

काठमाण्डाै ।  फिफा महिला विश्व कप फुटबलमा स्विडेनले इटालीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । आज भएको खेलमा इटालीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै स्विडेनले एक खेल अगावै प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

समूह ‘जी’ मा रहेका स्विडेनको ६ अङ्क भएको छ भने इटालीको ३ अङ्क मात्रै छ । यो समूहमा दक्षिण अफ्रिका र अर्जेन्टिनाको सामान एक/एक अङ्क रहेको छ । समूह ‘जी’ बाट अब ३ मध्ये एक टिमले अन्तिम १६ मा स्थान पक्का गर्ने छ।

आजको खेलमा स्विडेनका लागि अमान्डा इलिस्टेडले दुई गोल गर्दा फ्रिडोलिना रोल्फाे, एम्मा स्टिना ब्लेकस्टेनियस, रेबेका मारिया ब्लोमक्विस्टले एक/एक गोल गरे ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation