टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले आज हङकङसँग खेल्दै

काठमाडौँ । मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र हङकङबीच खेल हुँदैछ। अन्तिम खेलमा मलेसियासँग पराजित भए पनि नेट रनरेटको कारण शीर्षस्थानमा रहँदै नेपाल फाइनलमा पुगेको हो ।

शुक्रबार भएको समूहको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ६ विकेटले पराजित भएको हो। नेपाल तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ शीर्ष स्थानमा छ। नेपालको नेटरनरेट ०.८५३ छ। अघिल्ला दुई खेलमा नेपालले कुवेतलाई र हङकङलाई हराएको थियो।

हङकङ तीन खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation