
कपिलवस्तु । अर्घाखँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ मा भएको प्रथम लेजेण्ड वडा स्तरिय भलिवल प्रतियोगिताको उपाधि विक्रम ए ले जितेको छ । प्रथम स्थान हासिल गरे सङ्गै विक्रम ए ले पुरस्कार स्वरुप खसी र प्रमाण पत्र प्राप्त गरेको छ ।
विक्रम, पावर लेजेण्ड ग्रुपद्वारा आयोजित उक्त प्रतियोगितम मुन्द्रिवासको ग्रुपले दोस्रो स्थान हासिल गरेको छ, जसमा मुन्द्रिवास सङ्गै गन्दि र हडाहाका खेलाडि पनि समावेश रहेका थिए । उक्त टिमले लोकल कुखुराको भाले सहित प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै पावर बि ले तेस्रो स्थानमा चित्त बुझाएको छ ।
हिजो १४ गते देखि सुरु भएको खेल योगराज पल्लीको संयोजक तथा वडा अध्यक्ष दामोदर न्यौपानेको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको हो ।