दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु–१७ ब्याडमिन्टनमा रजत पदक जितेका अभयलाई सम्मान

कपिलवस्तु । काठमाडौंमा सम्पन्न दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु–१७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेका कपिलवस्तुका अभय महरालाई जिल्लामा स्वागत एवं सम्मान गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्वर १ ले महरालाई वडा कार्यालयमा आयोजित एक समारोहका बीच सम्मानित गरेको हो ।

वडा अध्यक्ष जाहिद खाँले टीका, खादा ओढाउदै, प्रशंसा पत्र, बुद्ध मुर्ति हस्तान्तरण गरी सम्मानित गरेका हुन । सो अवसरमा वडा अध्यक्ष खाँले अहिले का युवाहरु वैदेशिक रोजगारीमा जाने चलन बढी रहेको बेला अभयले भने स्वदेश र जिल्लामै बसेर खेलाडीका रुपमा देश र जिल्ला कै शिर उचो बनाएको बताए ।

उनले अभय सहित सबै खेलाडीहरुलाई तिनै तहको सरकारले लगानी गरी उत्साह बढाउनु पर्ने बताए । सो अवसरमा अभयका बुवा एडिशन महरा, हजुर बुवा वसन्त महरालाई समेत खादा ओढाएर सम्मानित गरिएको थियोे । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश कुमार पाण्डेय, पत्रकार महासंघ जिल्ला अध्यक्ष किरणमान बज्राचार्य लगायतका सहभागीता थियो ।

कपिलवस्तु नगरपालिकाले आउने आइतबार सम्मान गर्ने कार्यक्रम राखेको छ । सशस्त्र प्रहरी बलको हलचोक स्थित कबर्डहलमा मंगलवार सम्पन्न फाईनल खेलमा नेपालका खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदक जितेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation