एसियन गेम्सका लागि नेपाली क्रिकेट टिम घोषणा, सार्की र शेख आउट

काठमाडौ । १९औँ एसियन गेम्सका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय क्रिकेट टिम घोषणा गरेको हो ।पौडेलको कप्तानीमा घोषणा गरिएको टिममा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी र कुशल भुर्तेल छन् ।

यसैगरी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक कुमार यादव, अविनाश बोहोरा र सन्दीप लामिछाने पनि टिममा परेका छन् । विनोद भण्डारीले फेरि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विनोदसँगै विवेक कुमार यादव र अविनाश बोहोराले पनि टिममा स्थान बनाएका छन् ।

एसिया कप क्रिकेट प्रतियोगिता खेलेका भीम सार्की र आरिफ शेख भने टोलीमा पर्न असफल भएका छन् । सार्की र शेखसँगै एसिया कपका लागि टिममा परेका अर्जुन साउद, श्याम ढकाल र किशोर महतोले पनि टिममा स्थान बनाउन सकेनन् ।

चीनको आयोजनामा हुन लागेको १९औँ एसियन गेम्सअन्तर्गत नेपालले समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation