एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

काठमाण्डाै । १९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ ।

समूह ‘डी’ को पहिलो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भए पनि भियतनामले दोस्रो हाफमा २ गोल गर्‍याे ।

नेपालले अब सोमवार समूह चरणको दोस्रो खेलमा जापानसँग खेल्नेछ । त्यस्तै समूहको अन्तिम खेल बिहीवार बङ्गलादेशसँग हुनेछ ।

चीनको हान्झाउ सहरमा भोलि शनिवार मात्रै एसियाली खेलकुदको औपचारिक उद्घाटन हुनेछ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation