जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगितामा सहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रथम

प्रदिप ज्ञवाली, सैनामैना ।

रुपन्देही सैनामैनाको सहिद नारायण पोखरेल रामापुर क्याम्पस जिल्ला प्रथम बनेको छ । बुटवलमा भएको अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रथम भएको छ ।

लुम्बिनी बाणिज्य क्याम्पसको आयोजनामा उक्त प्रतियोगिता भएको हो । प्रतियपगीतामा आयोजक लुम्विनी बाणिज्य क्याम्पस द्वितीय भएको छ भने सिटी क्याम्पस लुम्बिनी बौद्ध विश्वविद्यालय बुटवल तृतीय बनेको छ ।
प्रतियोगितामा जिल्ला भरबाट २० वटा क्याम्पसहरुको सहभागीता रहेको थियो ।

प्रथम हुने सहिद नारायण पोखरेल रामापुर क्याम्पसको समुहमा अमिसा गौतम, प्रशिद्ध भट्टराई र ऋषिजकेश शर्मा रहेको क्याम्पसले जानकारी दियो । विद्यार्थीहरुको निरन्तरको अध्ययनले नै यति ठुलो उपलब्धि हासिल गर्न सफल भएको क्याम्पस प्रमुख हेम बहादुर थापाले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation