विद्यार्थीको क्षमता विकास गर्न कपिलवस्तु विद्या मन्दिरमा ‘एस.क्यु.सी.’ सम्मेलन हुंदै

कपिलवस्तु । विभिन्न माध्यम बाट विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले बाणगंगाको कपिलवस्तु विद्या मन्दिरमा ‘एस.क्यु.सी.’ सम्मेलन हुने भएको छ । क्वेस्ट नेपाल मायादेवी हबद्वारा आयोजित एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको ८ औं सम्मेलन असोज १२ गते देखि बाणगंगा नगरपालिका ८ लौगाईमा रहेको कपिलवस्तु विद्या मन्दिरमा हुन लागेको हो ।

कार्यक्रमको तयारी बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मायादेवी हवका कोर्डिनेटर तथा पत्रकार सम्मेलनका अध्यक्ष तोलाकान्त डुम्रेले एस.क्यु.सी कार्यक्रममा जिल्ला भित्रका ८ विद्यालयमा अध्यानरत ४ सय विद्यर्थीहरु सहभागी रहने जानकारी गराउनु भएको छ । कोर्डिनेटर डुम्रेले कार्यक्रममा सम्पुर्ण क्रियाकलापको जिम्मेवारी विद्यार्थीहरुलाई दिईने भएकाले प्रभावकारी हुने समेत बताउनु भयो । उहाँले विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक लगायत समग्र पक्षको विकास हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्दै कपिलवस्तु विद्या मन्दिरका प्रधानाध्यापक खगेन्द्र पौडेलले एस.क्यु.सी. कार्यक्रममा कम्तिमा ५÷५ विद्यार्थीहरुको समुह बनाई समस्या छनौट गरि समस्याका कारण र समाधानका उपाय पत्ता लगाउन लगाईने भएकाले विद्यार्थीहरुको क्षमता विकास हुने जिकिर गर्नुभएको थियो । उक्त कार्यक्रमा घटना अध्यान, चित्रकला, लेखन, अभिनय, लगायतका विभिन्न ९ विधामा विद्यार्थीहरुले आफ्नो प्रस्तुती दिने र त्यसैको आधारमा विद्यार्थीको मुल्याङ्न गरि पुरस्किृत समेत गरिने उहाँले बताउनु भएको छ ।

हवमा आवद्ध विद्यालयका प्राचार्य, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्थिती रहेको पत्रकार सम्मेलन ८ औं मायादेवी हवका सचिव धुर्व प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation