
सागर बेल्बासे, कपिलवस्तु ।
जिल्लामा सफल व्यवसायीको छवि बनाएका पौडेललाई शुक्रबार सम्पन्न २५ औं साधारणसभा तथा छैठौं अधिबेशनले अध्यक्षमा चयन गरेको हो ।
अधिबेशनले शंकर पाण्डे , रोमकान्त घिमिरे, चिरञ्जीवी पन्त , बिष्णु प्रसाद घिमिरे, जुनुमनी पाण्डेलाई सदस्यमा चयन गरेको छ भने लेखा समिति संयोजकमा लेखनाथ पौडेल चयन भएका छन् । यस्तै लेखा समिती सदस्य पदमा बाबुराम घिमिरे , गोबिन्द पोखरेल चयन हुनुभएको छ।
भरखरै अध्यक्षमा चयन हुनुभएका पौडेलले आफ्नो कार्यकालमा विद्यालयमा शैक्षणिक गुणस्तर कायम गर्न वातावरण मिलाउने बताउनुभएको छ।
विद्यालयलाई भौतिक रुपमा थप बलियो बनाउँदै जिल्लाको अग्रस्थानमा ल्याउन प्रयास गर्ने उहाँको दावी छ ।
सरल र विद्यालयप्रति निकै चासो राख्ने प्रवृत्तिका पौडेललाई अध्यक्षको रुपमा पाउँदा खुसी लागेको बताउँदै प्रिन्सिपल सुरेन्द्र पाण्डेले खुसी ब्यक्त गर्नुभयो। उहाँ लगायत धेरैले पौडेलको नेतृत्वले विद्यालयमा थप गति र उर्जा भरिने विश्वास गर्दै सफलताको कामना गरेका छन।
ज्ञानपुञ्ज जिल्लाको अग्रस्थानमा आउने विद्यालयको रुपमा चिनिन्छ । विद्यालयले ब्रिटिस काउन्सिलले प्रदान गर्ने आइएसए मान्यता पनि पाएको छ ।