मोतिपुर फुलबारी कप फुटबलको दोस्रो दिन हरैया एफ.सि. र एपिएफ चन्द्रौटा विजयी

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा जारी दोस्रो मोतिपुर फुलबारी कप फुटबलको दोस्रो दिन आज हरैया एफ.सि. र एपिएफ चन्द्रौटा विजयी भएका छन । आज भएको पहिलो खेलमा एपिएफ चन्द्रौटाले विजयी सुरुवात गरेको छ । फ्रिडम फाउन्डेसन नेपाललाई ३—१ गोलले हराउँदै एपिएफ ले विजयी सुरुवात गरेको हो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा हरैया एफ.सी. ले शुद्धोधन खेलकुद विकास समिति रुपन्देहीलाई १—० गोलले हराएको छ ।

यसैबिच भोलि सोमबार हुने पहिलो खेलमा पारिजात पब्लिक स्कुल गोरुसिङ्गे र शान्तिदीप युवा कल्ब तथा दोस्रो खेलमा लभ नेपाल, पिपरा र युनाईटेड फुटबल क्लब पडेरिया बिच प्रतिसपर्धा हुने आयोजकले जनाएको छ ।

हिजो भएको खेलमा दोस्रो फुलबारी कप फुटबलको उद्घाटन खेलामा बाणगंगा वेलफेर एण्ड स्पोर्ट क्लवले आयोजक मोतिपुर प्रगतिशिल युवा क्लव लाई हराएको थियो ।

खेल खेलौं स्वस्थ्य रहौं भन्ने मूल नाराका साथ बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा भैरहेको खेल असोज ३० गते सम्म चल्ने आयोजकले जनाएको छ ।

May be an image of 7 people, people playing soccer, people playing football and grass

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation