लायन्स क्लब सैनामैना स्टारद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

प्रदिप ज्ञवाली, सैनामैना ।

लायन्स क्लब अफ सैनामैना स्टारद्वारा अति बिपन्न विद्यार्थी लाई कापी र कलम बितरण गरिएको छ ।  आइतबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय माध्यमिक विद्यालय सैनामैना ७ आमीमा अध्ययनरत ३५ विद्यार्थीहरुलाई कापी कलम बितरण गरिएको हो ।

No description available.

कार्यक्रम VDG MJF लायन पुरुस्तोतमभक्त प्रधानको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ सैनामैना स्टारका अध्यक्ष शिवराज पोख्रेलले गर्नु भएको थियो। कार्यक्रममा क्लवका चार्टर प्रेसिडेन्ट कृष्ण ज्ञवा,ली आइ पिपि:-देवि प्रसाद पाण्डे, फस्ट भिपी टामलाल न्यौपाने,सेकेण्ड भिपि:-जीवन घिमिरे लगायत विभिन्न संघ सस्थाका सामाजिक ब्याक्तित्वहरु जन- प्रतिनिधि हरुको उपस्थिती रहेको र क्लबले प्रत्येक महिना यस्तै सामाजिक कार्यहरु गर्दै आईरहेको र आगामी दिनमा पनि सामाजिक कार्यमा निरन्तर अगाडी बढ्ने क्लबका कोषाध्यक्ष लायन राजन भट्टराई (राज)ले जानकारी गराउनु भयो। प्रदिप भण्डारीको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन क्लवका सह-सचिव घनश्याम भुसालले गर्नुभएको थियो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation