
उपकार अनलाईन, सैनामैना ।
सहिद नारायण पोखरेल रामापुर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा बिजया दशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पस स्ववियुले हिन्दुहरुको महान पर्वहरु विजयादशमी, शुभदिपावली तथा छठपर्व २०८०को अवसरमा क्याम्पसका विद्यार्थी, शिक्षक, क्याम्पस सञ्चालक समिति, जनप्रतिनिधि, प्रत्रकारहरुको उपस्थितीमा एकआपसमा शुभकामना आदान प्रदान गरेर कार्यक्रम सम्पनन गरेको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि क्याम्पस सञ्चालक समिति अध्यक्ष बाल कृष्ण गैरे, वडा अध्यक्ष गोपाल पोख्रेल, क्याम्पस प्रमुख हेम बहादुर थापाले विद्यार्थी हकहितका बारेमा प्रकाश पार्दै दशै तिहार एवम् छट पर्वकोे शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रम सहिद नारायण पोखरेल रामापुर क्याम्पस स्ववियु सभापती मनोज वेल्वासेको अध्यक्षता, क्याम्पस सञ्चालक समिति अध्यक्ष बालकृष्ण गैरेको प्रमुख आतिथ्यता, सैनामैना नगरपालिका वडा न.ं ६ का वडा अध्यक्ष गोपाल पोख्रेल, क्याम्पस प्रमुख हेम बहादुर थापाको विशिष्ट आतिथ्यता प्रजातान्त्रीकक प्रध्यापक संघका प्रेम प्रसाद पौडेल, प्रकाश आचार्य, सहायक क्याम्पस प्रमुख जगलाल गीरी, खडानन्द खनाल, इश्वरी घिमिरे, नजर कुमारी श्रेष्ठ लगायत विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रम पवन भुसालकोे स्वागत र स्ववियु सचिव शिव न्योपानेको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय कलाकारहरले गीत र नृत्य प्रस्तुत गरेका थिए ।