नेपाल र ओमानबीचकाे खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

काठमाण्डाै । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनलमा अहिले नेपाल र ओमानबीच खेल भइरहेकाे छ ।

फाइनल खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदान पुग्नुभएकाे छ । फाइनल हेर्न मैदानमा उल्लेख्य मात्रा समर्थक पनि उपस्थित भएका छन् ।

फाइनलमा अहिले ओमानले नेपालले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । याे समाचार तयार पार्दासम्म ओमानले १० ओभरमा २ विकेट गुमाएर ९७ रन बनाएकाे छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation