राष्ट्रिय क्रिकेट टाेलीलाई क्यानले ५० लाख रुपैयाँ दिने

काठमाण्डाै । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनाेट हुन सफल राष्ट्रिय क्रिकेट टाेलीलाई प्राेत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएकाे छ ।

आज साेमवार बसेकाे क्यानकाे केन्द्रीय कार्यसमिति बैठकले विश्वकपमा छनाेट हुने सफल राष्ट्रिय क्रिकेट टाेलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे । नेपाल आईसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनाेटमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदाे वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनाेट भएकाे थियाे ।

यस्तै क्यानले भर्खरै मलेसियामा सम्पन्न एसीसी पुरुष १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेट प्रतियाेगितामा विजयी भई आउँदाे वर्ष सञ्चालन हुने १९ वर्षमुनिकाे एसिया कपमा छनाेट हुन सफल टाेलीका सबै सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेकाे छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation