सैनामैनामा हुने ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिताको तयारी पुरा

उपकार अनलाईन, सैनामैना ।
रुपन्देहीको सैनामैना ६ कलौनीमा हुन गइरहेको ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगितको तयार िपुरा भएको छ । भलिबल खेलको विकाससँगै युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले भलिवल प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ । भलिवल प्रतियोगिता दुधराक्ष युवा क्लवको आयोजनामा गर्न लागिएको हो ।

मंसिर १२ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजकले भोली साँझ ४ वजे पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे सवै जानकारी गराउने तयारी गरेको छ । राष्ट्रिय खेललाई प्रचार प्रसार र खेलाडीलाई अवसर दिने उद्देश्यका साथ प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष किरण पोखरेलले बताउनुभयो ।

प्रतियोगिताको उपाधी विजेताले नगद १ लाख ११ हजार १ सय ११ ट्रफी, प्रमाणपत्र, उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपियाँ, ट्रफी, प्रमाणपत्र, तृतीय टिमले नगद ४४ हजार ४ सय ४४ रुपियाँ, ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णुप्रसाद पाण्डेले बताउनुभयो । यसैगरी सान्त्वना टिमले नगद २२ हजार २ सय २२ रुपियाँ, ट्रफी प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपियाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपियाँबाट पुरस्कृत गरिने उहाँले बताउनुभयो ।

सैनामैना नगरपालिका ७ का वडाअध्यक्ष तथा खेलप्रेमी राजकुमार चौधरीले आफनो हजुरआमा ढुण्डी थरुनीको स्मृतिमा आयोजना हुने उक्त प्रतियोगितामा दुई लाख रुपियाँ सहयोग गर्नुभएको छ । प्रतियोगिता सम्पन्न गर्न सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समिति, लगाए विभिन्न ब्यक्ति तथा संस्थाको सहयोग हुने आयोजकले जनाएको छ ।
लुम्बिनी प्रदेश र अन्य जिल्ला गरी १२ टिमहरुको सहभागिता हुने छ । प्रतियोगिता सञ्चालन गर्न १६ लाख रुपियाँ खर्च हुने आयोजक क्लबका सचिव पदम पाण्डेले बताउनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation