सैनामैनामा जारी अन्तर जिल्ला स्तरिय भलिबलमा विहान ९ बजे नवलपुर र कास्की भिड्दै

उपकार अनलाईन, सैनामैना ।
रुपन्देहीको सैनामैनामा मंगलवार देखी सुरु भएको स्वःढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगितामा बुधवार (आज) पहिलो खेल विहान ९ बजे नवलपुर जिल्ला भलिवल संघ र कास्की जिल्ला भलिवल संघ विच हुने आयोजकले जनाएको छ । विहान ११ बजे दोस्रो खेल स्याङ्जा भलिवाल संघ र गुल्मी भलिवल संघका विच हुने छ । यस्तै तेस्रो खेल दिउँसो १ वजे बाग्लुङ भलिवल संघ र नवलपरासी भलिवल संघ विच हुने छ ।

प्रतियोगिताको उपाधी विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ ट्रफी,प्रमाणपत्र, उपविजेतालाई नगद ७७ हजार ७ सय ७७ रुपियाँ, ट्रफी, प्रमाणपत्र, तृतीय टिमलाई नगद ४४ हजार ४ सय ४४ रुपियाँ, ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णुप्रसाद पाण्डेले बताउनुभयो । यसैगरी सान्त्वना टिमलाई नगद २२ हजार २ सय २२ रुपियाँ, ट्रफी प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपियाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपियाँबाट पुरस्कृत गरिने क्लवका अध्यक्ष किरण पोख्रेलले जानकारी दिनुभयो ।

सैनामैना नगरको विकासमा अग्रसर रहेकी पुरानो बासिन्दा स्वर्गीय ढुण्डी थरुनीको स्मृतिमा दुधराक्ष युवा क्लबको आयोजना तथा सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समितिको सहयोगमा मंसिर १२ देखि १६ गतेसम्म सैनामैना वडा न.६–कलौनीमा ढुण्डी थरुनी स्मृति कप अन्तर जिल्ला स्तरिय भलिबल प्रतियोगिता २०८० भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation