
प्रदिप ज्ञवाली, सैनामैना ।
रुपन्देही जिल्ला गैडहवा गाउँपालिकाको आयोजनामा पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद ’ भन्ने मूल नाराका साथ कार्यक्रम हुन गइरहेको हो । पालिका भित्रका विद्यार्थीहरुलाई शिक्षासंगै खेलकुद क्षेत्रमा अगाडि बढाउने उदेश्यका साथ प्रतियोगिता हुनलागेको हो ।
विहिवार एक कार्यक्रमका बिच जनप्रतिनिधि , राजनीतिक दल, कर्मचारी , शिक्षक , विद्यार्थी , सुरक्षाकर्मी, पत्रकार, रेफ्री ,स्थानीय लगाएत सम्पूर्णको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम माघ ७ गतेसम्म सञ्चालन हुने छ । मन्तव्य राख्ने क्रममा राजनीतिक दल समाज सेवि हरुले देखाउनु भएको बिकासको चासोलाई उच्च सम्मान गर्दै पालिकाको समग्र बिकासको लागि सम्पूर्ण राजनीतिक दल एक छौँ भन्ने सन्देश मिलेको भन्दै चुनाव भन्दा अगाडि कुनै दलको भएतापनी अहिले पालिका भित्रका सम्पूर्ण जनताको साझा भएर पालिकाको सर्वपक्षिय विकासमा लाग्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले बताउनु भयो । ूवडा न १ देखि ९ सम्मका जनताको जीवनमा आउने खुसि नै मेरो र पालिकाको खुसी र मेरो सफलता होू अध्यक्ष पौड्यालले बताए ।