पर्रोहा क्याम्पसको अस्तित्व जोगाउन मैले उम्मेद्वारी दिएको हो, थापा

उपकार अनलाइन, सैनामैना ।
सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा क्याम्पस सभा ब्यबस्थापन समितिको अध्यक्ष पदको निर्वाचन फागुन २८ गते हुदैछ ।  अध्यक्ष पदमा नेकपा एमाले प्रदेश कमिटी सद्स्य समेत रहेका नेता खुसिराम चौधरी र अर्का स्वतन्त्रबाट युवा ब्यबसायी नेत्र थापा चुनाबी मैदानमा छ्न । चौधरी क्याम्पसको सन्चालक समितिको हाल अध्यक्ष समेत हुन  ।
थापाले आफ्नो उम्मेदवारी क्याम्पसको अस्तित्व जोगाउन दिएको बताएका छन । राजनैतिक दलले क्याम्पस अरु क्याम्पस्मा मर्च गरि यो क्याम्पसकै अस्तित्व  मेटाउने अभियानमा लागेको हुनाले गठबन्धन गरेर  लागेको समेत थापाले आरोप लगाए । सैनामैनाको मुर्गियामा एउटा क्याम्पस आवश्यक रहेको र कुनै हालतमा पनि क्याम्पस अरु क्याम्पस मर्च गर्न नहुने थापाको भनाइ छ । आफू क्याम्पससको सन्चालक समिती अध्यक्ष भए क्याम्पसलाई सैनामैनाको एक नमुना क्याम्पस गराउने प्रतिबद्धता समेत जनाएका छन । चौधरीले भने क्याम्पसको अध्यक्ष भएर पनि  केही गर्न नसकेको आम समुदायको भनाइ छ । यसर्थ पनि थापा जित नजिक पुगेका छ्न ।  थापा सैनामैना ४ मुर्गियामा साझा प्रेस चलाएर बसेका छ्न ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation