जिल्लामा सैनामैनाको उत्कृष्ट प्रदर्शनः ६ स्वर्ण सहित तेस्रो स्थानमा

विमल गैरे, सैनामैना ।
रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा जेठ १७ र १८ गते तिलोत्तमा नगरपालिकामा सम्पन्न १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैना नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै तृतीय स्थान हासिल गरेको छ।

सैनामैनाले कुल ६ स्वर्ण, ९ रजत र १३ कास्य पदक सहित कुल २८ पदक जित्दै जिल्लाका १६ पालिकामा तेस्रो स्थानमा आउन सफल भएको हो ।

नगरस्तरमा खेलप्रति रहेको उत्साह र विभिन्न क्लबहरूले आयोजना गर्ने प्रतियोगिताका कारण सैनामैनाका खेलाडीहरू सक्रिय रहँदै आएका छन्। अग्रपंक्तिमा रहँदै आएको नगरपालिकाको यस सफलताले स्थानीय तह र सम्बन्धित वडाहरूलाई खेलकुद क्षेत्रको थप प्रवर्द्धनका लागि प्रोत्साहन दिनुपर्ने स्पष्ट देखिएको छ।

अबको दिनमा खेलाडीहरूलाई थप उत्प्रेरित गर्दै उच्च बजेट विनियोजन गर्न सके सैनामैनालाई खेलकुदमैत्री नगरका रूपमा स्थापित गर्न सकिने सम्भावना प्रबल छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation