तौलिहवा जारी टि २० क्रीकेटमा आज २ वटा खेल सम्पन्न

कपिलवस्तु । कपिलवस्तुमा खेलप्रति चासो बढेको समयमा खेल क्रियाकलाप घट्न नदिनको लागि जिल्लाले राष्ट्रिय खेलाडी उत्पादनमा मद्दत गर्ने हेतुका साथ कपिलवस्तुमा जारी तौलिहवा टि २० क्रीकेट प्रतियोगितामा आज २ वटा खेल सम्पन्न भएका छन ।

पहिलो खेल जय बुद्ध क्रिकेट क्लब र सनराईज क्रिकेट क्लब बीच भएको थियो । जसमा टस जितेर पहिले ब्याटिङ गरेको जय बुद्ध क्रिकेट क्लबले निर्धारित १५ ओभरमा ६ बिकेट गुमाउदै १०१ रन लक्ष्य दिएको थियोे । जवाफी ब्याटिङमा सनराईजले १५ ओभरमा आफ्नो ४ विकेट गुमाउँदै ६० रन मात्रै जोड्न सक्दा जय बुद्धि क्रिकेट क्लबले ४० रनले जितेको छ । म्यान अफ द म्याच अशु भएका छन् ।

त्यसैगरी दोस्रो खेल कपिलवस्तु किग्सं क्रिकेट क्लब र वडा नम्बर १० बीच भको थियोे । टस जितेर ब्याटिङ गर्दै कपिलवस्तु किग्सं क्रिकेट क्लबले निर्धारित १५ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनको लक्ष्य दियो । जसमा वडा नम्बर १०ले सबै विकेट गुमाउदै १४.२ ओभर मा ९० रन मात्रै जोड्न सक्दा कपिलवस्तु किग्संले ११ रन जित निकाल्न सक्यो ।
यश खेलमा म्यान अफ द म्याच मोहम्मद एम. डि . सफिक भएका छन् ।

आजको जित सगै जय बुद्ध क्रिकेट क्लब र कपिलवस्तु किग्सं क्रिकेट क्लब सेमिफाइनल पुगेको आयोजकबाट मोहमद साहिलले जानकारी दिनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation