नेताले उल्लु बनाउँने उखान खोज्छन्,

गजल

सुरेशकुमार पान्डे, दाङ ।

नेताले उल्लु बनाउँने उखान खोज्छन्,
दलालिमा पनि आफ्नो शान खोज्छन्।

किन हुन्छन् देशमा आन्दोलन सधैभरी,
जनताले समस्यको समाधान खोज्छन्।

छानेर पठाउँछन् सरकार भित्र नेतालाई,
देश बिकाशमा उन्को योगदान खोज्छन्।

हामी नेपाली भनी विरताको बखान गर्दै,
संसारभरीमा आफ्नो पहिचान खोज्छन्।

बिद्रोहको ज्वाला त तब जल्छ सडकमा,
जनताले रोटी,कपडा र मकान खोज्छन्।

समय लाक्छ भत्किन्छ भ्रष्टचारी किल्ला,
जब श्रम्जिविले आफ्नो सन्तान खोज्छन।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation