
कपिलवस्तु । कपिलवस्तु जिल्लाले राष्ट्रिय खेलाडी उत्पादनमा मद्दत गर्ने उदेश्यका साथ जारी तौलिहवा टि २० क्रीकेट प्रतियोगितामा आज एक सेमिफाइनल खेल सम्पन्न भएको छ । खेल जय बुद्ध क्रिकेट क्लब र स्टार क्रिकेट क्लब बीच भएको थियो ।
जसमा टस जितेर पहिले ब्याटिङ गरेको स्टार क्लबले निर्धारित १६ ओभरमा ६ बिकेट गुमाउदै १०९ रनको लक्ष्य दिएको थियोे । जवाफी ब्याटिङमा जय बुद्ध १३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्रै जोड्न सक्यो ।
३७ रनको जित पछि स्टार क्रिकेट क्लब फाइनल पुगेको छ । म्यान अफ द म्याच स्टार क्लबका बाल गोविन्द भएका छन् । भोली हुने दोस्रो सेमिफाइनल खेल कपिलवस्तु किंग्स क्रिकेट क्लब र मास्टर इलाभेन विच हुने भएको आयोजकबाट मोहमद साहिलले जानकारी दिनुभयो ।