
विमल गैरे, सैनामैना ।
सैनामैनामा यही फागुन १७ गतेदेखि २८ गते सम्म हुन गइरहेको पाँचौं राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्समा नगर स्तरीय खुल्ला लोक गीत प्रतियोगिता हुने भएको छ । महोत्सवका सांस्कृतिक संयोजक चाम बहादुर क्षेत्रीका अनुसार लोक सस्कृतीको जर्गेना तथा नगर भित्र लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउने र कलाकार उत्पादन गर्ने उद्धेश्यले सो लोक गीत प्रतियोगिता गर्न लागेको हो ।
सैनामैना नगरपालिका भित्र बसोवास गर्ने आमाबुबा, दाजुभाई, दिदिबहिनीहरुले मात्र प्रतियोगीतामा भाग लिन पाउने छन । नगर बाहिर तथा नगर भित्रका कुनै गीत बजारमा निकालेका कलाकारले भने प्रतियोगितामा भाग लिन नपाउने संयोजक क्षेत्रीली उपकार अनलाइनलाई बताए । हरेक महोत्सवमा विभिन्न आइडल हुने गर्छन तर प्राय लोक गीतको आइडल भने विरलै ठाउमा हुने गर्छ । हाम्रो लोक कला सस्कृतीलाई वचाउनका लागि पनि स्थानिय स्तरमा हुने मेला महोत्सवमा यस्ता प्रतियोगिता गर्नु जरुरी रहेको उनले बताए ।
नगर स्तरीय खुल्ला लोक गीत प्रतियोगिताका् आवेदन खूल्ला भएको र आवेदन दिने अन्तिम मिति : २०७९ साल फागुन १७ गते साझ ५ बजेसम्म भएको हुदा सवैलाई छिटो भर्नुहुन समेत जानकारी गराइएको छ । फारम सैनामैना २, कालिकाचोक महोत्सव सचिवालयमा गएर भर्न सकिने छ । प्रतियोगितामा भाग लिने प्रतियोगिले फारम शुल्क स्वरुप रु. ५००।–रुपैँया तिर्नु पर्ने छ । प्रतियोगितामा विजेताले नगत रु २१,०००, उपविजेताले नगत रु १४००० र तृतिय तथा सान्तवना हुनेले क्रमश रु ७००० र ४००० पाउने छन् ।
“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता” भन्ने मूल नाराका साथ सैनामैना व्यापार संघको आयोजनामा महोत्सव सैनामैना–२, कालिका चोकमा हुदैं छ ।