
कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ३ गंगौलीमा मा भएको दुई दिने निशुल्क आँखा शिविरमा १२ सय १५ जनाले आंखाको जांच गराएका छन । जसमध्ये १६५ जनाको आंखाको शल्यक्रिया गरिएको छ । यस्तै ४०५ जनालाई निशुल्क चस्मा प्रदान गरिएको छ भने अन्यलाई निशुल्क औषधी वितरण गरिएको छन्द काले बाबु नारायणी आंखा अस्पतालका बाह्य कार्यक्रम संयोजक हरि भण्डारीले उपकार अनलाईन सगँ बताउनु भएको छ ।
मानव अधिकारकालागि युवा मञ्च कपिलवस्तुको आयोजना , बाणगंगा नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा इन्सेक कपिलवस्तुको समन्वय र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज द्वारा संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क शिविर सम्पन्न गरिएको हो ।
सेवाग्राहीहरुले घर आँगनमै आएर सेवा दिएको भन्दै आयोजक तथा अस्पत्तालको प्राविधिक टोलिलाई आशिर्वाद दिएका छन् । सेवा ग्राहीहरु भन्छन सेवा भनेको यस्तो हुनुपर्छ बर्षौ देखि आखाँको मोतिया बिन्दुको अप्रेसन गर्ने भन्दा भन्दै यत्तिकै बसेका थियौं । विपन्न परिवारकालागि र बृद्धकालागि वडा नं. ३ को वडा कार्यालयले नजर खुलाई दिईदिई पुण्यको कार्य गरेको भन्दै बिरामीहरुले धन्यवाद दिएका छन् ।
यसै बिच बाणगंगा नगरापालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर झेडि मगरले वडामा रहेका निम्न वर्गका र आँखाको समस्या भएका व्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै वडाको आर्थिक सहयोगमा शिविर संचालन गरिएको बताउनुभयो । यो शिविरले वडा भित्रका मात्रै नभई वडा बाहिरका व्यक्ति पनि लाभान्वित भएकोमा खुसी लागेको बताउनुभयो । यसैगरि अब केही दिन पछि महिलाहरुको पाठेघरको पनि निशुल्क चेकचांज र गरिब विपन्न वर्गको स्वास्थ्य बिमा सहयोगका लागि पनि बजेट विनियोजन गरेको उहाले बताउनुभयो ।
यस्तै छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगंजका बाह्य कार्यक्रम संयोजक हरि भण्डारीले आंखाका सम्पुर्णलाई रोगीहरुलाई चस्मा र अप्रेसन गरेपश्चात राख्नुपर्ने औषधी सबै निशुल्क वितरण गरिएको बताउताउनु भयो ।
शुक्रवार देखि शुरु भएको निशुल्क आंखा शिविर शनिवार सम्पन्न भएको हो । मानव अधिकारका लागि युवा मन्चका सदस्य दिना सुबेदी कलामले सोचे भन्दा बढी नै आंखाको चेकजांच गर्न आएको बताउनुभयो ।