राप्रपा निकट विद्यार्थी संगठन लुम्विनी प्रदेश संयोजकमा गैरे

राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थि संगठनको आज बसेको केन्द्रिय सचिबालयको बैठकले पाल्पा जिल्लाका विद्यार्थी नेता राजु गैरेलाई लुम्विनी प्रदेश संयोजकमा नियुक्ति गरेको छ ।

त्यस्तै आजै ७ वटै प्रदेशमा विद्यार्थी संगठनको संयोजक तोकिएको गैरेले बताए । गैरे बिगत लामो समय देखि राप्रपाको विद्यार्थी संगठनमा आवद्ध हुदै आएका विद्यार्थी नेता हुन । गैरेले २०६५ देखि पाल्पा जिल्ला बाट राजनीति सुरु गरेका थिए । गैरेले विद्यार्थी राजनितीमा धेरै चर्चा नपाए पनि संगठनको लागि निकै उत्कृष्ट काम गरेको पाइन्छ ।

उनि २०७२ मा कपिलवस्तु जिल्ला अध्यक्ष हुदै केन्द्रिय सदस्य र केन्द्रिय उपाध्यक्ष सम्मको पद समालि सकेका विद्यार्थी नेता हुन । यस्तै गैरे यहि मंसिर ४ गते हुन गइरहेको चुनावमा पाल्पा जिल्ला क्षेत्र नम्बर २ को प्रदेश सभा क बाट प्रत्यक्षमा चुनाब पनि लढ्दै छन ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation