![](https://upakaronline.com/wp-content/uploads/2022/08/Nepal-vs-Kenya-1-670x420.jpg)
काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने योजनामा छ ।
पहिलो खेलमा नेपाल ५ विकेटले विजय भएको थियो भने दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै १८ रनले जितेको थियो ।