७ औं लुम्बिनी एस. क्यु. सी सम्मेलन कपिलवस्तुको हथौसा लिटिल स्टारमा हुदैं

कपिलवस्तुको हथौसा लिटिल स्टार ईङ्गिस बोडिङ स्कुलमा आगामी १७ गते विधार्थी गुणीय चक्र अर्थात विधार्थी क्वालिटि सर्कल अन्र्तरगतका सम्मेलन हुने भएको छ । कपिलवस्तुका १७ र रुपन्देहीको १ गरि १८ विधालयका विधार्थीहरु समावेश हुने उक्त प्रतियोगितामा करिव २ सय बढी विद्यार्थीले भाग लिने जनाईएको छ । कार्यक्रमबारे जानकारी दिन आज पत्रकार संम्मेलन आयोजना गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी हवका कोडिनेटर तथा कार्यक्रम संयोजक मिलन भण्डारीले एस. क्यु. सी अन्र्तरगत विद्यार्थीहरुको स–साना समुह बनाई जस्ले विद्यार्थीका समस्या छनौट गरि समस्याका कारण, मुल जरा, पत्ता लगाई समुहमा मिलेर समस्या समाधानका उपाएहरु पहिल्याउने र आफै एवं अरुको सहयोगमा ति समस्या समाधान गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने बताए । शुक्रवार हुने उक्त कार्यक्रममा क्विज, हिज्जे र अन्य विधा गरि ५ विधामा प्रतियोगिता गराईने समेत जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा एस. क्यु. सी बारे जानकारी गराउदै हथौसा लिटिल स्टारका प्रिन्सीपल एवं कार्यक्रमका सह संयोजक सुन्दर पाण्डेले विधार्थीहरुलाई श्रृजनशिल बनाउन यस कार्यक्रमले महत्वपुर्ण टेवा पुर्‍याउने र अन्र्तराष्ट्रिय स्तरका विधार्थीहरुसँग प्रतिस्पर्धामा भाग लिन पाउने हुदाँ कपिलवस्तुमा यो कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा प्याब्सन बाणगंगाका नगर सल्लाहकार एवं ज्ञानपुञ्ज बोडिङ स्कुलका निर्देशक रोमकान्त घिमिरे, कपिलवस्तु ज्ञानज्योती शिक्षा सदनका अध्यक्ष युवराज पोख्रेल, अन्नपुर्ण विद्या मन्दिरका प्रिन्सीपल मदन मल्ल, एस. क्यु. सी का मास्टर टे्रनरहरु लगाएतका शैक्षिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

https://www.facebook.com/watch/?v=6167025843314530

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation