बाँकेमा डेङ्गी सङ्क्रमणबाट २ जनाको ज्यान गयो

बाँके । डेङ्गी सङ्क्रमणका कारण बाँकेमा दुई जनाको ज्यान गएको छ । डेङ्गी सङ्क्रमणपछि भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको अस्पतालले जनाएको छ । ज्यान गुमाउनेमा ८६ वर्षका पुरुष र १२ वर्षकी बालिका रहेका छन् ।
डेङ्गीका कारण यसअघि कैलाली र ललितपुरमा पनि एक–एक जनाको ज्यान गएको थियो । प्रकोपका रूपमा फैलिएको डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ७५ जिल्लामा गरी ६ हजार सात सय सात जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । सबैभन्दा बढी ललितपुरमा दुई हजार चार सय ७९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।

ङ्गीबाट बढी प्रभावित हुनेमा काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित धादिङ, मकवानपुर, रुपन्देही, तेह्रथुम, सिन्धुली, काभ्रे र गुल्मी छन् ।

गएको वर्षको तथ्याङ्कअनुसार डेङ्गी असोज अन्तिमसम्मै फैलिने महाशाखाले जनाएको छ । डेङ्गी प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation