कृष्ण शर्माको भएर बाँचुला म बदनाम बरु

गजल

भएर बाँचुला म बदनाम बरु !
हुन नपरोस् कसैको गुलाम बरु !!

थपिदैन आयको श्रोत कतैबाट,
थपिदै जान्छन् दैनिक काम बरु !!

तिमी उदाउन बर्षौ लाग्ने भयो,
हरेक बिहानी उदाउछ घाम बरु !!

केही अपराध त गरौं कि झैँ लाग्छ,
हिड्न पाइन्छ खुलेआम बरु !!

के गर्नु एकदिन फूल ओछ्याएर,
घोचाइनै सहि काँडा ओछ्याम बरु !!

एस. डि कृष्ण शर्मा
कपिलवस्तु

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation