आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ । वाग्मती प्रदेश र प्रदेश–१ का केही ठाउँमा बिहान केहीबेर हल्का पानी परेको छ । अहिले पानी रोकिएको छ तर मौसम बदली छ ।

केहीबेर पछि मौसम खुल्दै जाने तर दिउँसो पछि फेरि बदली भइ प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायतका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

यस्तै, आज राति भने प्रदेश१ र वाग्मती प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । मौसमविद् बासीका अनुसार तत्काललाई लगातार झरी पर्ने सम्भावना छैन । भोलिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation