सैनामैनाको सुनगाभाले हात पार्‍यो नेशनल प्याब्सन हाजिरी जवाफको उपाधी

बुटवल । नेशनल प्याब्सन जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सैनामैनाको सुनगाभा ईङलिस माध्यमिक विद्यालयले जितेको छ ।

रुपन्देही जिल्ला भरीका झण्डै दुई दर्जन संस्थागत विद्यालयहरु सहभागि भएको प्रतियोगिताको उपाधि सहित सुनगाभाले शिल्ड, प्रमाणपत्र तथा नगद जितेको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन नेशनल प्याब्सन रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिताको विजेता बनेको सुनगाभाले उपाधी सहित नगद ६ हजार जितेको हो ।

यस्तै प्रतियोगितामा देवदहको देवदह बोर्डिङ्ग स्कुल द्वितीय भएको छ । दोस्रो बनेको देवदहले शिल्ड, प्रमाणपत्र सहित ४ हजार ५ सय हात पारको छ । प्रतियोगितामा बुटवल ग्लोरी बोर्डिङ्ग स्कुल तृतीय हुँदै शिल्ड तथा ३ हजार र प्रोत्साहन पुरस्कार पाएको स्कलर्स होम बुटवलले १ हजार ५ सय नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पारको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation