नेपाल मगर बिद्यार्थी संघ कपिलवस्तुको अध्यक्षमा राजेश थापा

 

कपिलवस्तु । नेपाल मगर बिद्यार्थी संघ कपिलवस्तुको छैठौ जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

संघका कार्यवहाक अध्यक्ष राजेश थापा मगरको अध्यक्षतामा भएको अधिबेशनले १५ सदस्यीय कार्यसमति चयन गरेको छ । जसको अध्यक्षमा राजेश थापा मगर, उपाध्यक्षमा सबिना थापा मगर, सचिवमा थमन रासकोटी मगर, सह(सचिवमा सुजना थापा मगर र कोषाध्यक्षमा शिलु राना मगर रहनुभएको छ भने अन्य सदस्य पदमा चयन हुनुभएको छ ।

नेपाल मगर बिद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप घर्ती मगरको प्रमुख आतिथ्यता, नेपाल मगर संघका केन्द्रिय सदस्य चोपलाल राहुल, लक्ष्मी सारु मगर, जिल्ला अध्यक्ष मोहन सिंजाली, नेपाल मगर महिला संघका बिष्णु राना मगर, नेपाल बिद्यार्थी मगर संघका पूर्ब लुम्बिनी अञ्चल अध्यक्ष कुमार रास्कोटी मगरको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले मगर बिद्यार्थी एकजुट भई शिक्षाको क्षेत्रमा लाग्नुपर्नेमा जोड दिएका थियो । आफ्नो कला संस्कृतिहरुको संरक्षण गर्दै आफ्नो पहिचानलाई जोगाई राख्न मगर बिद्यार्थीहरुलाई आग्रह गरिएको थियो ।

नेपाल मगर बिद्यार्थी संघका जिल्ला सल्लाहकार बिनोद रानाको स्वागत मन्तब्यबाट भएको कार्यक्रमको सञ्चालन नवनिर्वाचित नेपाल मगर बिद्यार्थी संघ कपिलवस्तुका सचिव थमन रास्कोटी मगरले गर्नुभएको थियो । कार्यक्रम जिल्लाको मगर समाज बौद्ध भवन बोडगाउँमा सम्पन्न भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation