कपिलवस्तु सामुदायिक अस्पतालको अध्यक्षमा आचार्य र महासचिवमा क्षेत्री

कपिलवस्तु । कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा शिवचन्द्र आचार्य निर्विरोध निर्वाचित भएसंगै कपिलवस्तु सामुदायिक अस्पतालले नयाँ नेतृत्व पाएको हो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद गैरे, उपाध्यक्षमा राम पौडेल, महिला उपाध्यक्षमा पार्वती शाही निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा बुद्धि बहादुर रोकाहा (दिनेश क्षेत्री) निर्विरोध निर्वाचित भएका छन् ।

कपिलवस्तु सामुदायिक अस्पताल चारनम्बरको निर्वाचन समितिले दिएको जानकारी अनुसार कोषाध्यक्षमा रेवता घिमिरे (पौडेल) र सचिवमा पदम प्रताप सेन निर्विरोध निर्वाचित भए ।

यस्तै महिला सदस्यमा गिता देवी पौडेल र मिना खड्का, सदस्यहरुमा कृष्ण प्रसाद चालिसे, जीवन सुवेदी, विष्णु प्रसाद न्यौपाने, बद्री प्रसाद काफ्ले, मक्तिराम कडेल र मुक्तिराम न्यौपाने निर्विरोध निर्वाचित भएका अस्पतालका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पोख्रेलले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन बर्ष रहने व्यवस्था छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation