पर्रोहा बचत तथा ऋण सहकारीद्वारा रक्तदान कार्यक्रम सप्पन्न

सैनामैना । रक्तदान जिवनदान भन्ने मूल नाराका साथ पर्रोहा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सहकारीको १५ औँ वार्षिक साधारण सभाका अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । सहकारी परिसरमा भएको उक्त रक्तदान कार्यक्रममा ८३ युनिट रगत संकलन भएको छ ।

हाल देशमा कोरोना संक्रमण, डेंगु लगायतका विरामी र दुर्घटनामा घाइते भइ उपचारको क्रममा रगतको अभावले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रम रक्तदान उपसमितिका संयोजक पन्थको अध्यक्षता, संस्थाका अध्यक्ष खगिमाया भुजेलको स्वागत तथा संस्थाका सचिव विष्णु प्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो । रक्तदान बुटवल रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation