यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल

काठमाडौं । नेपालले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ ।

कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको २२ औं मिनेटमा प्रशान्तले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए ।

May be an image of 7 people, people standing and outdoors

खेलको २३ औं मिनेटमा हरिसले गोल गर्दा नेपालको अग्रता २–० गोलको बन्यो ।

३१ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई तेब्बर अग्रता दिलाए ।

खेलको ३८ औं मिनेटमा निरोजले गोल गर्दै नेपाललाई ४–० गोलको अग्रता दिलाए ।

खेलको ५१ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई ५–० गोलको अग्रता दिलाए ।

त्यसपछि खेलको ९० औं मिनेटमा सिजलले गोल गर्दै नेपाललाई ६–० को जित दिलाए ।

अब नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएर फाइनलमा स्थान बनाईसकेको छ ।

समूह चरणको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation