कृष्ण भण्डारीको गजल मेरो कोहीँ रहेनछ अड्कल भयो !

गजल

पाखुरा घटे शरीर दुर्बल भयो ।
मेरो कोहीँ रहेनछ अड्कल भयो ।।

शक्तिकै पछि दौडिन्छ दुनियाँ ।
खोलीमा पानी नदीमा जल भयो ।।

आउ यो छातीमा दौड परेड खेल ।
यो छाति तिम्रै क्रिडा स्थल भयो ।।

एकछिन उडेर फर्क्यो हैसियतमा ।
मन हावामा उडेको सिमल भयो ।।

आफ्नो पक्षमा भए बद्लिन्छ मान्छे ।
हिजोको खराब आज असल भयो ।।

कृष्ण भण्डारी
डोटी, नेपाल

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation