साफ महिला च्याम्पियनसिप नेपाल विरुद्ध बंगलादेशलाई २ गोलको अग्रता

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २–० ले पछि परेको छ ।

दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा बंगलादेशले १४ औं मिनेटमा गोल गरेको हो । मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् ।

यस्तै ४२ ‌‌औं मिनेटमा कृष्णरानी सरकारले अर्को गोल गरिन् ।

नेपालबाट आज भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतारेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation