संविधान दिवसको अवसरमा बुद्ध स्कुलमा निबन्ध लेखन र दीप प्रज्वलन सम्पन्न

सैनामैना । संविधान दिवसको अबसरमा बुद्ध इङलिस स्कुलले पनि दीप प्रज्वल गरेको छ । देशका विभिन्न शहर तथा चोकहरुमा दीप प्रज्वल गरी संविधान दिवस मनाइरहदा सैनामैना नगरपालिका वडा नं ७ मा रहेको उक्त स्कुलले पनि दीप प्रज्वलन गर्दै संविधान दिवस मनाएको हो ।

No description available.

बिद्यालयमा निरन्तर विभिन्न अतिरिक्त कृयाकलापहरुमा बिद्यार्थीहरुलाइ प्रत्यक्ष रुपमा सामेल गराइरहने सो बिद्यालयले सोमवारसंविधान दिवसको अवसरमा बिद्यार्थीहरुलाई ‘हाम्रो संविधान’ शिर्षकमा निबन्ध लेखन गराइएको हो भने नेपालको नक्सा र झण्डा बनाइ दीप प्रज्वलन गरिएको हो ।

No description available.

संविधान दिवसको खुसियालीमा दीप प्रज्वलन गरिएको प्राचार्य लेखनाथ गैरेले जानकारी दिनुभयो । दीप प्रज्वलनमा बिद्यालयका प्राचार्य, सह प्राचार्य सहित सम्पूर्ण शिक्षक कर्मचारी र बिद्यार्थीहरुको पनि सकृय सहभागिता रहेको थियो ।

No description available.

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation