वाणगङ्गा साहित्यक प्रतिष्ठानको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे

कपिलवस्तु । वाणगङ्गा साहित्यक प्रतिष्ठानको १७ औं साधारण सभा तथा छैठौं अधिवेशन सोमवार वाणगङ्गा मा वि लौगाईमा सम्पन्न भएकोछ । उक्त कार्यक्रममा रचना वाचन तथा साहित्यिक विचार आदानप्रदान भएको थियो ।

प्रतिष्ठानको अध्यक्ष नित्यानन्द पाण्डे को अध्यक्षता, उपाध्यक्ष देवका भण्डारीको स्वागत मन्तव्य, सचिव हुमनाथ पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बाणगङ्गा मा वि का अध्यक्ष हिमलाल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कृष्ण प्रसाद पाण्डे, कृष्ण प्रसाद घिमिरे, मोहन ज्ञवाली, मोहन अधिकारी, राधा पाण्डे, आत्मराम आचार्य, नित्यानन्द पाण्डे लगायतले आफनो रचना बाचन गरेका थिए ।

छैठौं अधिवेशनले ९ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा श्री कृष्ण प्रसाद पाण्डे, उपाध्यक्ष देवका भण्डारी, सचिव मोहन अधिकार, सह– सचिब कमला खनाल, कोषाध्यक्ष कृष्ण प्रसाद न्यौपाने र सदस्यहरुमा राधा पाण्डे, सारदा पौडेल, पुनाराम गिरी, राधा पाण्डे रहेको आयोजक सस्थाले जानकारी गराए ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation